ad ad

राजनीति


माओवादी स्थायी समिति ४१ सदस्यीय

माओवादी स्थायी समिति ४१ सदस्यीय

फाइल तस्बिर


नेपालखबर
असार २३, २०७९ बिहिबार १७:१, काठमाडौँ

नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति रहने घोषणा गरेको छ। 

विहीबार प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेका हुन्। सबैकाे नाम भने घोषणा गरिएकाे छैन । पुराना स्थायी समिति सदस्य कायम रहने प्रचण्डले बताएका छन् ।

प्रचण्डले खारेजीमा परेको तत्कालीन नेकपाकालीन १५ जना र अहिले थपिएका २६ जनालाई समेटेर ४१ सदस्यीय स्थायी समिति बनेको बताएका हुन्।

केन्द्रीय समितिको कूल सदस्य सङ्ख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कूल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समिति बन्ने विधानको व्यवस्था अनुसार प्रचण्डले स्थायी समिति तोकेका हुन्। 

पोलिटब्युरोको संख्या बढेसँगै स्थायी समिति पनि केही ठूलो भएको प्रचण्डको स्पष्टोक्ति थियो। 

माओवादीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष सहित १५ सदस्यीय पदाधिकारी, ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो।

तर यी तीनै समितिको आकार अहिले ठूलो हुन पुगेको छ। माओवादीको गत पुसमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमात्रै चयन गरिएको थियो।

यी हुन् पुराना स्थायी समिति सदस्य
१. पुष्पकमल दाहाल 'प्रचण्ड' 
२.नारायणकाजी श्रेष्ठ
३. कृष्णबहादुर महरा
४. उर्मिला अर्याल
५. पम्फा भुसाल
६. हरिबोल गजुरेल
७. गणेश शाह
८. देव गुरुङ
९. वर्षमान पुन
१०. जनार्दन शर्मा
११. दीनानाथ शर्मा
१२. सुरेश आलेमगर
१३. वामदेव क्षेत्री
१४. पूर्णकुमारी सुवेदी
१५. गिरिराजमणि पोखरेल
१६. चक्रपाणी खनाल
१७. मात्रिका यादव
१८. देवेन्द्र पौडेल
१९. लीलामणि पोखरेल,
२०.शक्ति बस्नेत
२१. जयपुरी घर्ती
२२. शशि श्रेष्ठ
२३. हितमान शाक्य
२४. अमृता थापा
२५. ओनसरी घर्ती
२६. राम कार्की
२७. कालीबहादुर मल्ल
२८. खगराज भट्ट
२९. प्रह्लाद बुढाथोकी
३०. भरतप्रसाद साह
३१. महेन्द्रबहादुर शाही
३२. यशोदा गुरुङ
३३. रेखा शर्मा

नेकपाकालीन स्थायी समितिमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, लीलामणि पोखरेल, पम्फा भुसाल, देव गुरुङ, हरिबोल गजुरेल, गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, देवेन्द्र पौडेल स्थायी समिति सदस्य थिए।

अरु बाँकी प्रचण्डले केही दिनपछि सर्कुलर पठाउने केन्द्रीय समिति बैठकमा जानकारी दिएका छन्।

माओवादीको पोलिटब्युरो समिति बढ्यो, अब १५६ सदस्यीय

यी हुन् माओवादीका १२५ पोलिटब्यूरो सदस्य (नामावली)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .