विवाद भएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाका लागि स्थगित भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको १ सय २५ सदस्यीय पोलिटब्युरोप्रति नेताहरुले असन्तुष्टि जनाएपछि छलफलका लागि बैठक स्थगित गरिएको हो ।
अहिले असन्तुष्ट पक्षसँग छलफल गर्ने तयारी भइरहेको छ।
अध्यक्षले प्रस्ताव गरेको पोलिटब्युरो सदस्यको नामावलीप्रति काभ्रे जिल्ला, प्रदेश १ र मधेस प्रदेश का नेताहरुले तीव्र असन्तुष्टि जनाएका छन्।
उनीहरुले बैठक एक घन्टा रोकेर भएपनि प्रष्ट नाम सुनाउन पर्ने भन्दै दबाब दिएका थिए।
‘हामीले के गल्ती गर्यौँ, काभ्रेले के गल्ती गर्यौं बरु एक घन्टा रोकेर भएपनि १२५ जनाको नाम क्लियर गर्नुपर्छ,’ हलबाट काभ्रेका एक केन्द्रीय सदस्यले भने, ‘ मूल्याङ्कनको तरिका के हो? युद्धको बेलादेखि हामी अपमानित भयौँ।’
रेनु दाहाल र बीना मगर पनि माओवादी पोलिटब्युरोमा पुगे
यी हुन् माओवादीका पोलिटब्यूरो सदस्य (सूचीसहित)
Shares
प्रतिक्रिया