ad ad

राजनीति


खुमलटारमा माओवादी केन्द्रको विस्तारित बैठक

खुमलटारमा माओवादी केन्द्रको विस्तारित बैठक

फाइल तस्बिर


नेपालखबर
असार २१, २०७९ मंगलबार ११:२९, काठमाडौँ

दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठक स्थगन गरेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक भइरहेको छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार विस्तारित बैठक प्रचण्डको निवास खुमलटारमा बैठक जारी छ। 

‘एकाध घण्टामा सकिन्छ। पूर्व स्थायी र प्रदेश इन्चार्ज भएको कार्यालयको विस्तारित बैठक हो’, उनले भने।

यसअघि आइतबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बसेर सक्ने तयारी थियो।

केन्द्रीय समितिको बैठक भने भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी तयारी भइरहेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .