ad ad

राजनीति


बाबुराम भट्टराई : फेरि ‘नयाँशक्ति’ कि ‘समाजवादी केन्द्र’?

बाबुराम भट्टराई : फेरि ‘नयाँशक्ति’ कि ‘समाजवादी केन्द्र’?

नेपालखबर
असार २१, २०७९ मंगलबार १०:४८, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा वैकल्पिक राजनीति र शक्तिको आवश्यकता अरु बढेर गएको दाबी गरेका छन्। 

पार्टीमा अध्यक्ष उपेन्द्र यादवसँगको विवाद चुलिँदै गएका बेला डा. भट्टराईले सामाजिक सञ्जालमार्फत वैकल्पिक शक्तिको आवश्यकता झन् बढेकाे धारणा राखेका हुन्। 

अध्यक्ष यादवसँग ‘राजनीतिक पारपाचुके’को तयारीमा रहेका भट्टराई आगामी हप्ता आफूपक्षीय जसपा नेताहरुको भेला गर्दै छन्। 

यादव पक्षले भने यही असार २७ र २८ गतेका लागि वीरगन्जमा केन्द्रीय समितिको बैठक बोलाएको छ। त्यही समय पारेर डा. भट्टराई पक्षले आफूपक्षीय नेता–कार्यकर्ताको भेला गर्ने तयारी गरेको हाे।    

सो भेलाबाट नयाँ पार्टी गठन गर्ने हो वा वामपन्थी पार्टीहरुसहितको सम्भावित ‘समाजवादी केन्द्र’ मा सामेल हुने हो, निर्णय हुने अनुमान गरिएको छ।

मंगलबार (२१ असार) को ट्विटमा उनले ‘देशमा वैकल्पिक राजनीति र शक्तिको आवश्कता र औचित्य सिधिएको वा नभएको नभई बरु बढेर गएको उल्लेख गरेका छन्। 

यसबाट उनी भिन्दै दल निर्माणको तयारीमा रहेको अनुमान गर्न सकिन्छ। 

तर, आफूहरुले केही समययता गरिरहेको प्रयोग पनि त्यति परिणाममुखी हुन नसकेको बताउँदै उनले लेखेका छन्, ‘अतः यसको निर्मम समीक्षा गरेर अघि बढ्ने साहस गरौं, युगीन कार्यभार सजिलै छिटै पूरा हुन्नन्।’

डा. भट्टराईको यो पछिल्लो भनाइको अर्थ सम्भावित ‘समाजवादी केन्द्र’  मा सहभागी हुन उनी इच्छुक छन् भने अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .