ad ad

राजनीति


फेरि वाम एकता हुन्छ, हामी त्यही दिशामा छौँ : झलनाथ खनाल

माओवादीसँग कुरा अघि नबढेको स्पष्टीकरण
फेरि वाम एकता हुन्छ, हामी त्यही दिशामा छौँ : झलनाथ खनाल

फाइल तस्बिर


नेपालखबर
असार २०, २०७९ सोमबार १७:२९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आजको आवश्यकता रहेको बताएका छन्। 

पार्टी सचिवालय बैठकपछि सोमबार दिउँसो नेपालखबरसँगको संक्षिप्त कुराकानीका क्रममा खनालले वामपन्थी एकतालाई साकार बनाउनेबारे छलफल चलिरहेको बताएका छन्। 

‘वामपन्थी एकताको आवश्यकता छ। यसलाई कसरी साकार बनाउने भन्ने हो,’ खनालले नेपालखबरसँग भने, ‘त्यसलाई केही समय लाग्छ, हामी गर्छौं।’

वामपन्थी एकताबारे सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा पनि सामान्य ब्रिफिङ भएको उनले बताए। 

‘पार्टीको आन्तरिक कुराहरु मिलाउन आजको बैठक बसेका हौं,’ खनालले भने, ‘वाम एकताको प्रस्तावबारे सामान्य रिपोर्टिङ भएको छ।’

उनले अहिले नै नेकपा माओवादी केन्द्रसँगको एकताबारे केही कुरा नभएको पनि उनले स्पष्टीकरण दिए। 

चुनावमा माओवादीसँग एकताको कुरा के हो? भन्ने नेपालखबरको प्रश्नमा खनालले भने, ‘अहिले केही टुंगो भएको छैन। चुनाव कहिले घोषणा हुन्छ भन्ने नै थाहा छैन। अहिले हामी पार्टी निर्माणकै काममा केन्द्रित छौँ।’

नीति मिल्नेसँग कार्यगत एकता र नमिल्नेसँग अहिले वामपन्थी गठबन्धन हुन सक्नेगरी छलफल अघि बढिरहेको उनले बताए। 

‘हामीले केन्द्रीय परिषदबाट नै पास गरेका छौँ, नीति मिल्नेसँग कार्यगत एकता गर्ने, नीति नमिल्नेसँग अहिले वामपन्थी एकता गर्ने भन्ने छ,’ उनले भने, ‘कसैसँग पार्टी एकताको कुरा अहिले नै अघि बढेको छैन।’

आइतबार साँझ तत्कालीन नेकपाको सचिवालयका बहुमत सदस्यहरुको भेटबारे भने खनालले खुलेर जवाफ दिन चाहेनन्। 

‘हामी लामो समयपछि बस्यौँ। चिया खाइयो, छोटो कुरा गरियो। खासै अहिले त्यस्तो केही भइसकेको छैन’, खनालले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .