ad ad

राजनीति


माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

नेपालखबर
असार २०, २०७९ सोमबार ९:५५, काठमाडौँ

आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ।

साेमबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

‘माओवादी स्खलित भयो’ भन्दै प्रचण्डको भन्दा लामो प्रतिवेदन (पूर्णपाठ)

बैठकका लागि आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न ८ एजेण्डा प्रस्तुत गरेका थिए।

आइतबार प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा अध्यक्ष प्रचण्डले तीन कम्युनिष्टहरू नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको मूल्याङ्कन गरेका थिए। 

प्रचण्डको निष्कर्ष : माओवादीको मत घट्यो, एमाले नराम्ररी हार्‍यो, समाजवादीले ठूलो भाग खोज्यो

जसमा उनले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस सहरको तुलनामा गाउँमा कमजोर देखिएको निष्कर्ष निकालेका छन्। 

उनले यो स्थानीय तह निर्वाचनमा २०७४ को पहिलो दल नेकपा एमाले नराम्ररी पराजित भएको जिकिर गरेका छन्। 

प्रचण्डको प्रतिवेदन : कांग्रेस सहरभन्दा गाउँमा कमजोर, एमाले दुवैतिर उस्तै

प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको दाबी प्रतिवेदनमा गरेका छन्। 

प्रतिवेदनमा प्रचण्डले यो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको मत घटे पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन्। 

यस्तो छ माओवादी केन्द्रको बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

दाहालले गठबन्धनका लागि छोडिएका स्थानीय तहहरु २ सय ८९ को औसतमा मत राख्दा पहिलेको भन्दा बढी जनमत हुने उनको तर्क छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .