ad ad

राजनीति


सत्ता गठबन्धनबारे एमालेको तयारी : जस्तालाई त्यस्तै जवाफ दिने, प्रतिवाद गर्दै अघि बढ्ने

सत्ता गठबन्धनबारे एमालेको तयारी : जस्तालाई त्यस्तै जवाफ दिने, प्रतिवाद गर्दै अघि बढ्ने

नेपालखबर
असार १९, २०७९ आइतबार १७:५९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको अवस्था हेरेर निर्णय लिने बताएको छ। 

पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकपछि एमाले प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले आगामी निर्वाचनमा आफ्नै शक्ति वृद्धि पहिलो प्राथमिकता हुने बताए। 

‘आगामी निर्वाचनको बारेमा छलफल भएन्,’ गुरुङले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनबारे छलफल भयो, हुन्छ। अहिले चाहिँ आन्तरिक जीवनलाई व्यवस्थित गर्ने र आगामी निर्वाचनको रणनीति निर्माणबारे थप छलफल हुन्छ।’

आमनिर्वाचनका बेला जे खालको स्थिति हुन्छ, त्यही निर्णय हुने उनले बताए। ‘निर्वाचनको बेलामा जे खालको स्थिति हुन्छ हाम्रो पनि ‘जस्तालाई तस्तै ढिंडालाई निस्तै’, भने जस्तै प्रतिवाद हुन्छ,’ गुरुङले भने।

नयाँ दल दर्ता गरेर वाम एकताको अभियानमा लागेको वामदेव गौतमको पार्टीले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव नपार्ने एमालेको विश्लेषण गुरुङले सुनाए। 

‘वामदेवको पार्टीले ठूलो प्रभाव पार्ला जस्तो लाग्दैन। त्यसले गति लिएला र शक्ति सन्तुलनमा प्रभाव पार्ला भन्ने विश्वास नै एमालेको छैन,’ उनले भनेर 

गठबन्धन दलहरूप्रति एक अर्कामा अविश्वास देखिएको उनले बताए। 

‘गठबन्धन कायम गर्छु भन्ने सत्तारुढ दलले भन्ने नै हो। एकले अर्काप्रतिको अविश्वास देखिन्छ। कांग्रेस आफ्नै बलमा अघि बढ्न चाहन्छ,’ उनले भने, ‘माओवादी र एकीकृत समाजवादीका सहितका दलहरूलाई स्थानीय तहको निर्वाचनमा जसरी अपमानित गरियो भन्ने छ त्यसले पनि गठबन्धनमा फरक मत देखिएको छ।’

सत्तारुढ गठबन्धनभित्रका दलहरुमा गठबन्धनलाई लिएर विभिन्न गुटहरु सिर्जना भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .