ad ad

राजनीति


परराष्ट्रले भन्यो : एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठाइएको छैन, अध्ययन हुँदैछ

परराष्ट्रले भन्यो : एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठाइएको छैन, अध्ययन हुँदैछ

नेपालखबर
असार १९, २०७९ आइतबार १५:३३, काठमाडौँ

परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा अमेरिकालाई पत्राचार गर्न बाँकी रहेको जनाएको छ। अमेरिकालाई पत्र पठाउने विषय अध्ययनकै क्रममा रहेको परराष्ट्रले जनाएको हो। 

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपी अघि नबढाउने मन्त्रिपरिषद्को निर्णयबारे मन्त्रालय जानकार रहेको र उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउने उल्लेख गरिन्।

एसपीपीबारे विगतमा भएका निर्णयबारे परराष्ट्र मन्त्रालयको संलग्नता नभएको उनले बताइन्। 

‘अहिले हामी अध्ययनकै क्रममा छौँ। उपयुक्त समयमा अमेरिकालाई कूटनीतिक माध्यमबाट पत्र पठाइने आस्वस्त पार्न चाहन्छु’  उनले भनिन्।

सरकारले गत असार ६ गते अमेरिकी एसपीपीमा सहभागी नहुने निर्णय गर्दै औपचारिक जानकारी दिन अमेरिकालाई पत्र पठाउन परराष्ट्र मन्त्रालयलाई म्यान्डेट दिएको थियो।

नेपाली सेनाले परराष्ट्र मन्त्रालयलाई बाइपास गर्दै अमेरिकी सेनाको रणनीतिक कार्यक्रम एसपीपीमा सहभागी भएको खुलासा भएपछि सरकार पछि हटेको थियो।

यो पनि :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .