ad ad

राजनीति


माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु

नेपालखबर
असार १९, २०७९ आइतबार १२:३१, काठमाडौँ

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बैठक केही बेरअघि सुरु भएको हो।

बैठकमा अध्यक्ष प्रचण्डले प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी लगायतका एजेन्डामा छलफल हुने जानकारी गराए।

संगठनात्मक विषय एजेण्डामा समावेश गरिएकाले पदाधिकारी बारे छलफल हुन सक्ने बताइएको छ। यद्यपि त्यसमा कुनै तयारी भने नभएको नेताहरु बताउँछन्।

पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले प्रचण्डलाई अध्यक्ष चुनेको थियो। त्यसयता माओवादीमा कुनै पदाधिकारी चयन भएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .