ad ad

राजनीति


रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने

फाइल तस्बिर


नेपालखबर
असार १९, २०७९ आइतबार ७:५८, काठमाडौँ

विवेकशील साझा पार्टी छाडेर स्वतन्त्र भएकी नेता रञ्जु दर्शनाले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने बताएकी छन्। 

सामाजिक सञ्जालमार्फत उनले आफू चुनाव लड्ने कुरा आधिकारिक रूपमा जानकारी गराएकी हुन्। 

‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ’, शनिबार राति उनले फेसबुकमा लेखेकी छन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु।’

उनले आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनेहरूलाई फर्म भर्न अनुरोध गर्दै एउटा लिंक पनि उपलब्ध गराएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .