ad ad

राजनीति


सुमन सायमी भन्छन्– दलको विकल्प दल नै हो, एकजना व्यक्तिले नीति बनाउन सक्दैन

सुमन सायमी भन्छन्– दलको विकल्प दल नै हो, एकजना व्यक्तिले नीति बनाउन सक्दैन

नेपालखबर
असार १८, २०७९ शनिबार १५:२५, काठमाडौँ

गत ३० वैशाखमा स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेका सुमन सायमीले दलको विकल्प दल नै भएको दाबी गरेका छन्। 

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान विशेष भेला’ मा उपस्थित भएका सायमीले यस्तो बताएका हुन्। 

संसदीय चुनाव नीति निर्माण गर्ने ठाउँ भएकाले त्यहाँ बहुमतको कदर हुने उनले बताए।

एक जना व्यक्तिले नीति निर्माणको कानुन बनाउन नसक्दै भन्दै दलको विकल्प दल नै भएको कुरा जनमानसमा बुझाउनपर्ने तर्क गरे।

‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँमा जानुपर्छ। बहुमतको कदर हुन्छ त्यहाँ। एक व्यक्तिले नीति निर्माणको कानुन बनाउन सक्दैन्,’ उनले भने, ‘त्यसकारण दलको विकल्प दल नै हो भन्ने जरुरी छ। तर, जनमानसमा जुन वितृष्णा जागेको छ, दल एउटा माध्यम हो भन्ने पनि बुझाउन जरुरी छ। दलीय व्यवस्था नै ठीक होइन भन्ने गलत हो भनेर बुझाउन जरुरी छ।’

‘स्वतन्त्र उम्मेदवारी अभियान’ ले शनिबार ललितपुरको सानेपामा राष्ट्रिय विशेष भेला  गरेको छ।

यस अभियानका संयोजक डम्बर साहुले ६ पृष्ठको एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी कार्यदिशाको बारेमा प्रष्ट पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .