ad ad

राजनीति


बहराइनको राजदूतमा तीर्थराज वाग्ले नियुक्त

बहराइनको राजदूतमा तीर्थराज वाग्ले नियुक्त

नेपालखबर
असार १७, २०७९ शुक्रबार १८:१५, काठमाडौँ

बहराइनका लागि नेपाली राजदूतमा तीर्थराज वाग्ले नियुक्त भएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वाग्लेलाई बहराइनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यस्तै, राष्ट्रपति भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन्। 

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा खत्रीलाई मेक्सिकोका लागि गैरआवासीय राजदूत नियक्त गरिएको राष्ट्रपतिको कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .