ad ad

राजनीति


सञ्चारमाध्यमप्रति महामन्त्री शर्माको टिप्पणी : हल्ला गर्ने माध्यम बढेका छन्

एमसीसी आवश्यक छैन भन्नेहरूले अहिलेसम्म यसको पुष्टि गर्न नसकेको दाबी
सञ्चारमाध्यमप्रति महामन्त्री शर्माको टिप्पणी : हल्ला गर्ने माध्यम बढेका छन्

नेपालखबर
असार १५, २०७९ बुधबार १३:१७, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गलत सूचना दिने सञ्चारमाध्यमको आलोचना गरेका छन्। 

बुधबार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको प्रेस स्वतन्त्रतामा मिथ्या सूचनाको प्रभाव विषयक विशेष छलफलमा महामन्त्री शर्माले सञ्चारमाध्यमले सत्यतथ्य खबर दिनुपर्नेमा जोड दिएका हुन्।  

‘अहिले हल्ला गर्ने माध्यम बढेका छन्, लाभान्वित पनि बढेका छन्’, शर्माले भने, ‘तर जोखिम पनि उत्तिकै बढेको छ।’ 

नियतवश गलत सूचना दिइएकै कारण समाजमा ठूलो असर परिरहेको उनले बताए। ‘एमसीसीमा मिस र डिस इन्फर्मेसन दुवैको प्रभाव परेको देखियो’, उनले भने, ‘जरुरी छ हामीले भन्यौं, पास पनि गरेरै छाड्यौं।’

तर एमसीसी आवश्यक छैन भन्नेहरूले अहिलेसम्म यसको पुष्टि गर्न नसकेको टिप्पणी पनि उनले गरे। 

‘एमसीसीमा मिस र डिस इन्फर्मेसन दुवैको प्रभाव परेको देखियो। जरुरी छ, हामीले भन्यौं, पास पनि गरेरै छाड्यौं’, महामन्त्री शर्माले भने, ‘तर आवाश्यक छैन भन्नेले किन छैन भन्ने नै पुष्टि गर्न सकेनन्।’ 

यस क्रममा उनले राजनीतिक दललाई पनि जनतालाई झुटो आश्वासन नदिन सुझाव दिएका छन्। 

‘चुनावमा हामी के गर्दै छौं? मिस र डिस इन्फर्मेसनको सिकार जनतालाई नपारौं’, उनले भने, ‘सायद विश्वप्रकाश बाँचुन्जेल केरुङ बाट रेल आउँदैन। नेपाल देशले भन्न सक्नुपर्छ– हामी यसो गर्न सक्दैनौं, क्षमता छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .