ad ad

राजनीति


एमालेमा माओवादीको बीउ रोपिएको प्रचण्डको दाबी

एमालेमा माओवादीको बीउ रोपिएको प्रचण्डको दाबी

फाइल तस्बिर


नेपालखबर
असार १५, २०७९ बुधबार ११:४९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको दाबी गरेका छन्। त्यो केही समयपछि फूल्ने फल्ने दाबीसमेत उनले गरेका छन्। 

‘हामी माओवादीले बीउ रोपेर आएका छौं, हेर्नुहोला- केही समयमा त्यो फुल्छ र फल्छ,’ प्रचण्डले भने।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादी मात्र मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौं। हामीले सबै सच्चा कम्युनिस्टहरुलाई एकीकृत गर्नुछ, जो माओवादीभन्दा बाहिर पनि छ।’

माओवादी भन्दा बाहिर रहेका सबै कम्युनिस्ट अवसरवादी नभएको उनले बताए। ‘बाहिरका सबै अवसरवादी छन भन्ने भ्रम पनि राख्न हुँदैन,’ उनले भने, ‘माओवादीभन्दा बाहिर पनि राष्ट्रिय स्वाधीनताको सुदृढ गर्नपर्छ भन्ने पनि छन्।’

एमालेभित्र ओली प्रवृत्ति भएको कारणले समस्या भएको उनले बताए। ‘एमालेभित्र पनि केपी ओली प्रवृत्ति नेतृत्वमा हुँदा धेरै ठूलो प्रतिगमनतिर जाने खतरा पैदा भयो,’ उनले भने, ‘त्यो प्रवृत्ति नहुने हो भने हजारौं कार्यकर्तालाई समाजवादको यात्रामा डोर्याउन सकिन्छ भन्ने मलाई लाग्छ।’

भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .