ad ad

राजनीति


अखिल क्रान्तिकारी : ३ महिने अभियान सञ्चालन गर्न इन्चार्ज र प्रमुख तोकियो

२७ विभागले पायो पूर्णता
अखिल क्रान्तिकारी : ३ महिने अभियान सञ्चालन गर्न इन्चार्ज र प्रमुख तोकियो

नेपालखबर
असार १२, २०७९ आइतबार ११:१७, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले ३ महिने अभियान सञ्चालन गर्ने निर्णय गर्दै यसका लागि प्रदेश इन्चार्ज र प्रमुख तोकेको छ। साथै संगठनका २७ विभागलाई पूर्णता दिइएको छ। 

संगठनको तेस्रो केन्द्रीय समितिको पूर्ण बैठकले देशभरिका १९ वटा कमान्ड सञ्चालनका लागि इन्चार्ज उपाध्यक्ष रहने र अभियानको प्रमुखमा सचिव र आयोगका प्रमुख, उपप्रमुखबाट गर्ने निर्णय सर्वसम्मत रुपमा पारित गर्ने निर्णय गरेको हो। 

हरेक प्रदेशका जिल्लालाई दुई क्लस्टरमा विभाजन गर्दै इन्चार्ज तोकिएको हो।

‘बैठकमा संगठनका महासचिव कमरेड दिपेश पुनद्वारा विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियानको ३ महिने कार्ययोजना र संगठन परिचालन कार्यविधि, कार्य सम्पदान मूल्यांकन कार्यविधि, अनुशासनसम्बन्धी आचारसंहिता प्रस्तुत गर्न काम भयो भने आवश्यक

संशोधनसहितको कार्ययोजना बैठकले संशोधनसहित पारित गर्ने निर्णय  गरियो’, जारी विज्ञप्तिमा भनिएको छ। 

त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयमा लामो समयदेखि सम्पन्न हुन नसकिरहेका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई संघीय र प्रादेशिक निर्वाचनअगावै सम्पन्न गर्ने माग पनि बैठकले गरेको छ। 

केन्द्रीय समितिको पूर्णताका लागि केन्द्रीय सदस्य र २९९ को एकतिहाइ सचिवालय सदस्य मनोनयन गर्ने निर्णय पनि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .