ad ad

राजनीति


कार्यभार सम्हाल्न काठमाडौं आइपुगे नयाँ भारतीय राजदूत

कार्यभार सम्हाल्न काठमाडौं आइपुगे नयाँ भारतीय राजदूत

नेपालखबर
असार ११, २०७९ शनिबार १७:१२, काठमाडौँ

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव कार्यभार सम्हाल्न शनिबार काठमाडौं आइपुगेका छन्।

श्रीवास्तव अपरान्ह चार बजे त्रिभुवन विमानस्थल उत्रेका हुन्। परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित भारतीय दूतावासका अधिकारीले नयाँ भारतीय राजदूतलाई स्वागत गरेका छन्। 

श्रीवास्तव विनय मोहन क्वात्राका उत्तराधिकारी हुन्। क्वात्रा चैत अन्तिम साता भारतीय विदेश सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो।

भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई जेठ पहिलो साता राजदूत नियुक्त गरिएको औपचारिक घोषणा गरेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको थियो। मोदी बुद्ध जयन्ती समारोहमा भाग लिन लुम्बिनी आएका थिए।

श्रीवास्तव केही अघि सम्म भारतीय विदेश मन्त्रालयको इस्ट एसिया डेस्क प्रमुख थिए। उनी चीन मामिला विज्ञका रुपमा परिचित छन्।

भारत र चीनबीच केही महिना यता भएका सीमा वार्तामा उनी संलग्न थिए।

सन् २०२० मे महिनामा भारत–चीन सीमावर्ती क्षेत्र लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) मा देखिएको विवाद साम्य पार्न श्रीवास्तवले भूमिका खेलेका थिए। उनको कार्यक्षेत्र भित्र चीन, जापान, दक्षिण कोरिया, उत्तर कोरिया र मंगोलिया थिए।
 
विगतमा उनी कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्। त्यसअघि उनी चीनको सांघाईस्थित भारतीय महावाणिज्य दूत थिए।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .