ad ad

राजनीति


‘गाँजाखेती खुलाऊँ, युवा विदेश जान पर्दैन, पैसा बुझाउन विदेशी आउँछन्’

‘गाँजाखेती खुलाऊँ, युवा विदेश जान पर्दैन, पैसा बुझाउन विदेशी आउँछन्’

नेपालखबर
असार ९, २०७९ बिहिबार १६:१, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रतिनिधिसभामा ल्याउन सभामुखलाई आग्रह गरेका छन्। 

विहीबार बसेको संसद बैठकमा बोल्दै सांसद तामाङले गाँजासम्बन्धी विधेयक तत्काल छलफलमा ल्याउन माग गरेका हुन्। 

‘हामीसँग भएको सम्भावनाको खोजी किन नगर्ने? एउटा समृद्ध राष्ट्र बनाऔं त कसले हेप्छ?', उनले भने, 'सभामुख महोदय, गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन नियमावलीको व्यवस्थाअनुसार अनुमतिको लागि हार्दिक अनुरोध गर्छु।’

अन्तर्राष्ट्रिय कानुनले नै गाँजा लागुऔषध नभएको बताएर औषधीय गुण भएको वनस्पति मानेको उनले जिकिर गरे। 

‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएको पाँच दिनपछि नै विश्व स्वास्थ्य संगठनको सिफारिसमा संयुक्त राष्ट्रसंघले सबै आफ्ना सदस्य राष्ट्रहरूलाई यमसम्बन्धी के हो भनेर प्रश्न पठाएको थियो', उनले भने, 'त्यसमा नेपालले पनि सकारात्मक जवाफ पठाएको छ। गाँजा लागुऔषध होइन, औषधीय गुण भएको वनस्पति भनेर अन्तर्राष्ट्रिय सम्झौतामा पनि हस्ताक्षर गरेको छ।’

उनले गाँजा खेतीबाट नेपाललाई आत्मनिर्भर बनाउन सकिने पनि बताएका छन्। 

'गाँजा खेतीबाट नेपालीलाई आत्मनिर्भर गराउन सकिन्छ', उनले भने, 'यसो भएमा युवा विदेश जानुपर्दैन, विदेशी नै पैसा बुझाउन नेपाल आउँछन्।'

उनले नेपाल सधैँ गरिबीमा चल्न नसक्ने बताए। 'देश कहिलेसम्म अभावमा चलाउने, कहिलेसम्म विदेशीको ऋण र अनुदान कुर्ने?', उनले भने, 'हामी कसैको दास नबनौँ, तसर्थ गाँजा खेती खुलाऊँ। विदेशमा यसको अत्यधिक माग छ। त्यसैले यसलाई बेचेर स्वदेशमै रोजगारी खुलाऊँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .