ad ad

राजनीति


प्रधानमन्त्रीले म मर्न तयार छु तर एसपीपी सम्झौता गर्दिनँ भनेपछि ढुक्क भएँ : प्रचण्ड

प्रधानमन्त्रीले म मर्न तयार छु तर एसपीपी सम्झौता गर्दिनँ भनेपछि ढुक्क भएँ : प्रचण्ड

फाइल फोटो


नेपालखबर
असार ९, २०७९ बिहिबार १३:३३, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै जोडबलमा अमेरिकी सैन्य सम्झौता एसपीपीलाई गठबन्धन सरकारले अस्वीकार गरेको बताएका छन्। 

बिहीबार ललितपुरका जनप्रतिनिधिलाई दिइएको प्रशिक्षणलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

दाहालले एसपीपी सम्झौता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सन् २०१५ मा अघि बढाएको पनि दाबी गरे। 

'एसपीपी सम्झौता २०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेला, उनै रक्षामन्त्री पनि भएको बेलामा एउटा सहमति गरेर अघि बढेको थियो', उनले भने, 'एसपीपी नेपालमा त्यतिबेलै प्रवेश गरेको रहेछ भन्ने कुरा प्रष्ट भएको छ।'

उनले यसअघि रितबहादुर खड्काको स्मृति सभामा पनि आफूले यो कुरा बोलेको बताए। 'सन् २०१९ मा केपी ओली नै प्रधानमन्त्री हुँदा आईपीएसबारे राष्ट्रघात गरेका थिए। त्यो कुरालाई सम्झिँदै त्यतिबेलै एसपीपी स्वीकृत भएको कुरा सम्झियौँ। केपी ओली ले नै राष्ट्रघात गरेको हो', उनले भने, 'उसैले राष्ट्रघात गरेको हो। तर उनले गठबन्धनले गरेका हुन् भनेका छन्।'

उनले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खण्डन गरेको केही घण्टामै ओलीको पालामा नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको पनि बताए।

'केपी ओली गुटका एकजनाले खण्डन गर्दै संसदमा प्रमाणित गर्न चुनौती दिएका थिए। तर दुई घण्टापछि पत्र नै फेला पर्यो', उनले भने, 'राष्ट्रघाती क्रियाकलाप सबै केपी ‌ओलीले नै गरेका हुन्। नेपाल सरकारको अनुमतिले नै यो चिठी लेखेको सेनाले भनेको छ। बोधार्थ रक्षा मन्त्रालय र गृहमन्त्रालयलाई दिएको छ। त्यो काम नेपाली जनतालाई सिल्ली ठान्ने बेइमानी हो।'

उनले एसपीपी ठीक छैन भन्ने कुरा आफूले प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ गएर भनेको पनि उनले बताए। 

'एमसीसी भन्दा एसपीपी अगाडि बढेर आएको छ। नेपाल कुनै पनि खालको सैन्य सम्झौतामा सहभागी हुँदैन।
यदि यो सम्झौता गर्नु भयो भने देउवालाई गठबन्धन तोडिन्छ भनेको थिएँ', उनले भने, 'तर प्रधानमन्त्रीले बरु मर्न तयार छु तर यो सम्झौता गर्दिन भनेका हुन्।' 

त्यसपछि गठबन्धन बसेर एसपीपी अस्वीकार गरौँ भनेको पनि बताए। एसपीपीविरुद्धको नेतृत्व माओवादी केन्द्रले नै गरेको उनको जिकिर थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .