ad ad

राजनीति


जनताले देशको चाबी आफ्नो पार्टीलाई दिएको प्रचण्डको दाबी

जनताले देशको चाबी आफ्नो पार्टीलाई दिएको प्रचण्डको दाबी

नेपालखबर
असार ९, २०७९ बिहिबार १३:६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई कसरी अघि बढाउने भन्ने चाबी जनताले आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन्। 

ललितपुरमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले देशको नेतृत्वको जिम्मा आफ्नो पार्टीले पाएको जिकिर गरेका हुन्। 

 ‘परिणामको दृष्टिकोणले देशको राजनीतिक धारालाई कसरी अघि बढाउने भन्नेबारेक नेपाली जनताले चाबी दिएको छ,’ प्रचण्डले भने, ‘देशको राजनीतिक कुन मोडमा लाने भन्नेबारे माओवादी केन्द्रलाई नै दिएको छ।’

सोचजस्तो परिणाम नल्याएपनि निर्णायक तेस्रो शक्तिको रुपमा माओवादीले ल्याएको उनले बताए। ‘हाम्रो पार्टीले सोचेको जति परिणाम पक्षमा आएन। किनकी हामीले कम्तिमा पनि यो पटक गठबन्धन ठीक ढंगले जाँदा र पार्टीले मिहेनत गर्दा १७०/१७५ तिर आउँछ र वामपन्थी आन्दोलनको पहिलो र देशको दोस्रो पार्टी बन्छ भन्ने आकलन गरेका थियौं,’ उनले भने, ‘तर, हामी १२२ सिटमा सीमित भयौं। माओवादीको यति आउला भनेर अरुले सोचेका थिएनन्। हाम्रो ३० सिटभन्दा आउँदैन भनेर आकलन र प्रक्षेपणहरू भित्रभित्रै त्यहीअनुसार गरिएका प्रचारहरु हामीले हेर्यौं।’ 

उनले एमाले, जसपा वा एकीकृत समाजवादी जसले जिते पनि माओवादीले नै जितेको जस्तो लागेको बताए। ‘हामीले यहाँ कति जित्यौं भनेर हेर्दा एउटा चित्र देखिएला तर समग्रमा हामीले नै जितेको हो। कांग्रेस, एमाले, जसपा, समाजवादी जसले जितेपनि माओवादी केन्द्रले नै जितेको देख्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .