ad ad

राजनीति


युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी प्रभाव बढ्यो : बिजुक्छे

युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी प्रभाव बढ्यो : बिजुक्छे

नेपालखबर
असार ८, २०७९ बुधबार २१:४९, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकामा चिन्ता व्यक्त गरेका छन्।

भक्तपुर नगरपालिकाको बाह्रौँ नगरसभाको आज उद्घाटन गर्दै उनले नेपालमा दलको सत्ता मोहले जनताले दुःख पाइरहेको बताए। देशको भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र जस्ता विषयबारे नेतादेखि विद्यार्थीलाई जानकार गराउनुपर्ने उनको भनाइ थियो। 

अध्यक्ष बिजुक्छेले ख्वप विश्वविद्यालय सञ्चालनले देशभरिका विद्यार्थी लाभान्वित हुने उल्लेख गर्दै मेडिकल माफियाको चलखेलका कारण भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको सम्बन्धन नपाएको बताए। 

कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सरकारको बजेट जनमुखी नभई पूँजीपति वर्गको हितमा रहेको जिकिर गरे। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आव २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर र नगरवासीको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता जनाए। 

उनले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्ने र विश्वविद्यालय सञ्चालन गर्न विज्ञ टोलीसमेत गठन गरी आवश्यक तयारी गर्ने, ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गर्ने, अनलाइनबाट कर तिर्ने र नक्सापासको प्रक्रिया अगाडि बढाइने योजना रहेको बताए। 
    

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँ, प्रदेशसभा सदस्य सिर्जना सैँजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशीलगायतले नगरपालिकाले नगरवासीका लागि सहज सेवा प्रदान गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .