ad ad

राजनीति


शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सत्तारुढ दलबीच छलफल

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सत्तारुढ दलबीच छलफल

नेपालखबर
असार ८, २०७९ बुधबार १८:२७, काठमाडौँ

सत्ता साझेदार दलहरुबीच मुलुकको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेबारे छलफल भएको छ। 

बालुवाटारमा बुधबार बसेको शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बारे छलफल भएको हो। 

बैठकमा सहभागी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेबारे छलफल केन्द्रित रहेको जानकारी दिए। 

‘शान्ति प्रक्रियालाई चाँडै नै टुंग्याउने विषयमा छलफल भएको छ,’ उनले भने, ‘शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पुर्‍याउनेबारे छलफल केन्द्रित रह्यो।’

बैठकमा कानुनमन्त्री गोविन्द कोइरालाले शान्ति प्रक्रियाका बारेमा अहिलेसम्म भएको प्रैगति विवरण पेस गरेका थिए। 

‘कानुनमन्त्रीले शान्ति प्रक्रियाबारे अहिलेसम्म भएको प्रगतिको विवरणको प्रतिवेदन समीक्षाका साथ प्रस्तुत गर्नुभयो,’ प्रवक्ता कार्कीले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .