ad ad

राजनीति


प्रधानसेनापति शर्माले भेटे लेवनानका राष्ट्रपति

प्रधानसेनापति शर्माले भेटे लेवनानका राष्ट्रपति

नेपालखबर
असार ८, २०७९ बुधबार १८:२५, काठमाडौँ

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका राष्ट्रपति मिचेल यउनसँग भेटवार्ता गरेका छन्।

असार ४ गतेदेखि लेवनानको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति शर्माले बुधबार राष्ट्रपति यउनसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटघाटको क्रममा राष्ट्रपति यउनले नेपाली शान्ति सैनीकहरुको लेवनानमा शान्ति स्थापनाका लागि दिएको योगदानको प्रशंसा गरे।

लेवनानमा शान्तिस्थापनार्थ खटिएका ३१ जना नेपाली शान्ति सैनिकहरुको ज्यान गएको छ। लेवनानी समुदाय र नेपाली शान्ति सैनिकहरुकोबीचमा उत्कृष्ट सम्बन्ध रहेको तथा पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनाहरुमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे। 

प्रधानसेनापति शर्माले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सद्भावना सन्देश जानकारी गराएका थिए। त्यहाँ कार्यरत नेपाली शान्ति सैनिकहरुलाई गरेको सहयोग तथा समर्थनका लागि धन्यवाद दिए।

५ दिने लेवनानको भ्रमण सकेर प्रधानसेनापति शर्मा बुधबार नै शान्ति मिसन सिरियातर्फ प्रस्थान गरेका छन्।

प्रधानसेनापति शर्माले आजै त्यहाँका हेड अफ मिसनका कमाण्डर र मिल्ट्रि लिडरसिप टिमसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको सेनाले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .