राष्ट्रियसभाका एकजना सदस्य डा. खिमलाल देवकोटाले अदालतमा जति भ्रष्टाचार अन्यत्र नहुने कुरा एक पटक फेरि पुष्टि भएको बताएका छन्।
साढे ५ अर्ब बढी ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छाड्न न्यायाधीश र वकिलले २ करोडको बार्गेनिङ गरेको समाचार आएसँगै उनले यस्तो भनेका हुन्।
वित्तीय संघीयता विज्ञसमेत रहेका देवकोटाले अधिवक्ता रुद्र पोखरेलले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग इच्छाराजलाई छुटाउन गरेको बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको सन्दर्भमा यसो भनेका हुन्।
'अदालतमा जति भ्रष्टाचार अन्त हुँदैन भनेर मैले त्यसै बोलेको होइन', उनले भनेका छन्, 'मैले यसबारेमा यसअघि नै संसद बैठकमा समेत कुरा राखिसेकको छु।'
मंगलबार एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक उक्त अडिओमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका छन्।
अधिवक्ता पोखरेलले तामाङलाई १० करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गराउन उनीहरुसँग पनि कुरा गर्ने बताएका सुन्न सकिन्छ।
न्यायाधीश र वकिलले २ करोडको बार्गेनिङ गरेको विषयमा न्यायपरिषदमा अहिले छलफल हुने भएको छ।
Shares
प्रतिक्रिया