विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले नयाँ राजनीतिक पार्टी गठन गरेका रवि लामिछानेलाई आफूहरूले गरेका गल्ती नदोहोर्याउन सुझाव दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत लामिछानेलाई राजनीतिक यात्राका लागि शुभकामना दिँदै आफूहरूको गल्तीबाट पाठ सिक्न आग्रह गरेका हुन्।
‘विवेकशीलले विगत १० वर्षमा गरेको राम्रो कामलाई निरन्तरता दिनुहोला’, पाण्डेले लेखेका छन्, ‘हाम्रा असफलताबाट पाठ सिक्नुहोला। तपाईंलाई हामीले गरेका गल्तीहरू दोहोर्याउने छुट छैन है।’
1.1k
Shares
प्रतिक्रिया