ad ad

राजनीति


क्रान्तिकारीमा असन्तुष्ट पक्षको तीन दिने अल्टिमेटम, माग पूरा नभए समानान्तर समिति

क्रान्तिकारीमा असन्तुष्ट पक्षको तीन दिने अल्टिमेटम, माग पूरा नभए समानान्तर समिति

नेपालखबर
असार ७, २०७९ मंगलबार १८:२१, काठमाडौँ

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले आफूहरुका माग सम्बोधनका लागि नेतृत्वलाई ३ दिने (शुक्रबारसम्म) अल्टिमेटम दिएको छ।

माग सम्बोधन नभए विशेष निर्णय घोषणा गरिने उक्त पक्षले घोषणा गरेको छ। 

मंगलबार पत्रकार सम्मेलन गर्दै संघर्षरत सबै सरोकारवालाको तर्फबाट पवन कार्कीले वैधानिक समिति खारेज गरी तत्काल विशेष राष्ट्रिय महाधिवेशन आयोजना गर्न शुक्रबार सम्मको समय दिएका हुन्।

उनले सोमबार पार्टी अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको पनि जनाए।

संगठनको तेस्रो विस्तारित बैठकमा नाराबाजी गरेको भन्दै कार्की लगायतका १० जनालाई क्रान्तिकारीले कारवाही गरेको छ।

त्यही कारवाही गरिएका टिमको तर्फबाट कार्कीले मंगलबार पत्रकार सम्मेलन गरेका हुन्।

उनले जारी गरेको विज्ञप्तीमा अवैधानिक कमिटीले गरेको कारवाही खारेज गरेको बताउँदै अध्यक्ष पञ्चा सिंह र फ्यार्क्सन इन्चार्ज हितमान शाक्यलाई कारवाही माग गरेका छन् ।

‘संगठनलाई अस्तव्यस्त बनाउने फ्यार्क्सन इन्चार्ज हितमान शाक्य र अध्यक्ष पञ्चा सिंहलाई पदमुक्त गर्न माग गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ।

नेतृत्वले संगठनलाई विघटन र विसर्जनको दिशामा लगेको उनीहरुको आरोप छ।

‘संगठनको असक्षमता, गैरजिम्मेवारपन, गुटगत संकीर्णता र नालायकीपनका कारण सिंगो संगठन आक्रान्त बनेको छ,’ कार्कीले निकालेको विज्ञप्तीमा लेखिएको छ, ‘संगठनलाई अस्तव्यस्त बनाउने फ्यार्क्सन इन्चार्ज र अध्यक्षलाई तत्काल पदमुक्त गर्दै अवैधानिक समिति खारेज गरी अविलम्ब विशेष राष्ट्रिय महाधिवेशन आयोजना गर्न आह्वान गर्दछु।’

अखिल क्रान्तिकारीको  गएको असोज १४ देखि १६ सम्म भएको महाधिवेशनमा विवाद भएपछि पञ्चा सिंहलाई अध्यक्ष चयन गर्दै सकिएको थियो।

तर, मंसिर २७ गते अध्यक्ष सिंहले फेसबुकबाट केन्द्रीय समिति घोषणा गरेपछि विवाद बढेको हो।

वैशाख ५ गते भर्चुअल विधिबाट विस्तारित बैठक राखेर जम्मा २ सयलाई मात्र सहभागी गराएको र  त्यहीबाट पदाधिकारी चयन गरिएपछि विवाद उत्कर्षमा पुगेको हो।

असन्तुष्ट पक्षले छापामार शैलीमा विधान मिचेर एकतर्फी रुपमा पदाधिकारी चयन गरिएको दाबी गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .