राजनीति


गगन भन्छन् : स्वतन्त्रहरुको राजनीतिक यात्राले ठूला दलका भोट बैंक सुरक्षित छैनन्

गगन भन्छन् : स्वतन्त्रहरुको राजनीतिक यात्राले ठूला दलका भोट बैंक सुरक्षित छैनन्

फाइल तस्बिर


नेपालखबर
असार ७ , काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारकर्मी रवि लामिछानेको राजनीतिक यात्रालाई सकारात्मक भनेका छन्।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। राजनीतिमा लाग्ने नयाँ पुस्तालाई पुराना दलमै अवसर दिनुपर्नेमा पनि उनले जोड दिए। 

'पुराना दलहरूका तर्फबाट हामीले गर्न गर्नुपर्ने कुरा भने नयाँ नयाँ आकांक्षा भएका साथीहरुलाई अवसर दिनुपर्छ', उनले भने, 'दलभित्रै छिर्न डर लाग्ने अवस्थाको अन्त्य गरिनुपर्छ।'

उनले नयाँ र उत्साही युवाहरुलाई तल्लो तहबाट होइन, बीचबाटै पनि अघि बढाउनुपर्नेमा जोड दिए। 

'पार्टीभित्र तल्लो खुड्किलाबाट होइन, बीच बाटैबाट पनि उनीहरुलाई अघि बढ्न पाउनुपर्छ भन्ने अभियानमा छौँ', उनले भने, 'पार्टीको सदस्यता प्रणालीले नै फेर्न लागिरहेका छौँ। यसलाई जति छिटो बदल्न सक्यो हामीलाई त्यति सहज हुन्छ।'

उनले रविसहितको राजनीतिक यात्राले पुराना दल र नेताहरुलाई अझै तिखारिने अवसर दिएको बताए। 'हामीले आफूलाई अझै थप निखार्न जरुरी छ', उनले बालेन शाहको जितबारे पनि भने, 'केही साथीहरुले स्वतन्त्र रुपमा स्थानीय तह जित्नु भएको छ। केही प्रदेश र प्रतिनिधिसभामा आउन खोजिरहनु भएको छ।'

उनले स्वतन्त्र र नयाँ पुस्ताका कारण अब ठूला दलको भोट बैंक सुरक्षित नरहेको पनि बताए। 'अब ठूला दलहरूका भोट बैंक भएका र जितेका ठाउँ सुरक्षित छैनन्', उनले भने, 'ठूला र पुराना दलहरुले नयाँ पुस्तालाई जतिसक्दो स्पेश दिएर आफूलाई सुधार्न सक्नुपर्छ।' 

असार ७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad