सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट संगठन युवा संघले बालुवाटारमा महँगी विरुद्ध प्रदर्शन गर्ने भएको छ।
प्रधानमन्त्री निवास अगाडि रहेको पीपलबोट नजिकमा बेलुकी ५ बजे विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरिएको हो।
युवा संघका अध्यक्ष नरेश शाहीले सो विरोध प्रदर्शनमा उपस्थित हुन आग्रह गरेका छन्।
थाल ठटाएर प्रदर्शन गरिने शाहीले जानकारी दिएका छन्।
‘उत्पादन वृद्धिको कुनै योजना छैन, असारको बेला किसान मल नपाएर हैरानीमा छन्, दलाल र माफियाको अचाक्ली बिगबिगी छ महँगीले आकाश छोयो, गरिब, किसान, मजदुर, आमजनताको चुलो बल्न गाह्रो हुने भयो, महँगी, भ्रष्टाचार र माफिया गिरीविरुद्ध आन्दोलनमा उत्रिन सम्पूर्ण आम जनसमुदायमा हार्दिक अपिल गर्दछु’ उनले भनेका छन्।
पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएसँगै जनता आक्रोशित हुँदै सरकारको आलोचनामा उत्रिन थालेका छन्।
सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट संगठनले विरोधका कार्यक्रम आयोजना गरेको हो।
Shares
प्रतिक्रिया