सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले आज आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्ने भएका छन्।
पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम सञ्चालन गरिरहेका लामिछानले काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आज दिउँसो १ बजे आफ्नो राजनीतिक यात्राबारे विस्तृत जानकारी दिने भएका हुन्।
राजनीतिमा नयाँ पुस्ता बन्ने घोषणा गरेका लामिछानले टेलिभिजन छोडेकै दिन गत बिहीबार आज आफ्नो राजनीतिक यात्राबारे जानकारी दिने बताएका थिए।
— Rabi Lamichhane (@hamrorabi) June 16, 2022संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरे।अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु।म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो।आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु।बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृह। pic.twitter.com/IIX8GOIKZf
असार ७, २०७९, मंगलबार
प्रतिक्रिया