नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कुटनीतिक मामिलामा ध्यान दिएर मात्र अघि बढ्नपर्ने टिप्पणी गरेका छन्।
कसैले ह््वीस्की खाएर नसामा कुनै कागजमा हस्ताक्षर गराउनसक्ने भन्दै त्यसबाट बच्न उनले आग्रह गरेका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेपालले यसबारे सजग हुन आग्रह गरेका हुन्।
स्टेट पार्टसिप प्रागाम (एसपीपी) को विषयमा समितिमा भएको छलफलमा भाग लिँदै उनले भने,‘यो विषयमा दबाब नै छैन भने त केही भन्नु छैन्। तर कहिलेकाँही दबाबो नीति हुन्छ। मिठो पाराले फसाउन खोजिएको हुन्छ।’
उनले त्यसमा ख्याल गरेर अघि बढ्नपर्ने बताए। ‘कूटनीतिका धेरै पक्षहरु हुन्छन्, कहिले दबाब दिएर, कहिले फकाएर थाहै नदिइकन, निदएको बेलामा ह्विस्की खाएर नसामा कागजमा सही गरिएला,’ नेपालले भने, ‘त्यसकारण ख्याल गर्नुहोला। कुनैपनि कुरामा नफसी, संस्थागत कुरामा ध्यान दिएर राष्ट्रिय हितमा लाग्नुपर्छ।’
नेपालले आफ्नो दल एकीकृत समाजवादी राष्ट्रियतको हित र सुरक्षा संवेदनशीलताको हिसाबमा दृढतापूर्वक उभिन्ने दाबी गरेका छन्।
Shares
प्रतिक्रिया