राजनीति


एमाले सचेतक भट्टराई भन्छन् : अर्थमन्त्री शर्मालाई हतकडी लगाएर थुन्नुपर्छ

एमाले सचेतक भट्टराई भन्छन् : अर्थमन्त्री शर्मालाई हतकडी लगाएर थुन्नुपर्छ

नेपालखबर
जेठ ३१ , काठमाडौँ

नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई हतकडी लगाएर थुन्नुपर्ने बताएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा नै एकजना अमुक व्यक्तिलाई बोलाएर करको दायरा हेरफेर गर्न सुझाव दिएकोबारे छानबिन गर्न माग गर्दै भट्टराईले उनलाई कारबाही गर्न माग गरेका हुन्। 

‘यत्रो केस उठेको छ। करका दरहरु परिवर्तन भएका छन्। त्यसकारण छानबिन समिति त बनाउनपर्यो’ सचेतक भट्टराईले नेपालखबरसँग भने, ‘यो विषय हतकडी लगाएर थुन्नुपर्ने खालको हो।’

अर्थमन्त्री शर्माले अमुक व्यक्तिलाई बोलाएर करको दायरा हेरफेर गर्न सुझाव दिएको समाचार बाहिरिएपछि उनको चौतर्फी आलोचना भएको छ भने संसद बैठकमा पनि उनको राजीनामा माग भएको छ।

प्रतिनिधिसभा बैठकमा एमालेले यो विषय गम्भीरताका साथ उठाएर संसद अवरोध गरेकाे थियाे। संसद अवराेध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका छन्।

अर्थमन्त्री शर्माले आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए। तर, उक्त जवाफ चित्त नबुझेको भन्दै एमालेले राजीनामासहित छानबिन समिति गठन गर्न माग गरेको छ। 

एमालेले संसदीय छानबिन समिति गठन गर्न माग गरेको हो।

छानबिन समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

एमाले सचेतक भट्टराईले चोरले आफूले चोरेको हो भनेर कहिल्यै नभन्ने टिप्पणी गरे।

‘अहिलेसम्म चोर्नेले म चोरेर आएँ भनेर कतै भनेका छन् र? त्यो त कमैले भनेका छन् नि,’ उनले भने, ‘डकैती गर्नेले पनि भन्दैनन्। उहाँ राजनीतिक व्यक्ति हो। ठूलो बहस बनाउनुभन्दा राजीनामा दिएर छानबिनका लागि सहयोग गर्दा हुन्छ।’

जेठ ३१, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.