राजनीति


एमालेले सातै प्रदेशमा अनुशासन सम्बन्धी प्रशिक्षण चलाउने

एमालेले सातै प्रदेशमा अनुशासन सम्बन्धी प्रशिक्षण चलाउने

फाइल फोटाे


नेपालखबर
जेठ ३१ , काठमाडौँ

नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। 

अध्यक्ष बडालले भने, ‘हाम्रो आयोगले सातै प्रदेशमा अनुशासनसँग सम्बन्धित विषयवस्तु, पार्टीको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका बारेमा प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गर्यो। श्रावण महिनाको दोस्रो हप्तादेखि चौंथो हप्तासम्म सक्ने गरी सो प्रशिक्षण कार्यक्रम राखिनेछ। त्यो प्रशिक्षणको विषयबस्तुमा मुख्यतः केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रीय अनुशासन आयोगलाई सबै केन्द्रीय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धी सवालमा र सहकार्य अघि बढाउने सवालमा अनुशासन आयोग र पार्टी कमिटीको बीचमा हातेमालो गरेर अघि बढाउने विषयहरु नै प्रशिक्षणका विषयबस्तु हुन जान्छन्।’ 

पार्टीभित्र देखापरेका अनुशासनहिनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको पार्टीका आयोगका अध्यक्ष केशव बडालले जानकारी दिए। 

बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता, सिद्धान्त र अनुशासन विपरितका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ। 

उनले थपे, ‘पार्टी भित्र अहिले देखा परेका केहीकेही समस्यालाई हल गर्ने विषयमा र पार्टीभित्र देखा परेका केही अनुशासनसम्बन्धी समस्यालाई यही वैचारिक शिक्षाद्वारा अनुशासित पंक्ति निर्माण गर्नका लागि जोडदार रुपमा प्रयत्न गर्ने। सम्पूर्ण नेकपा एमालेका ११ लाख पार्टी सदस्यहरु पार्टीको दर्शन, सिद्धान्त, मूल्यमान्यता, आचरण र अनुशासनलाई दृढतापूर्वक पालना गर्न/गराउनलाई हरेक कमिटीले पहल कदमी गर्नुपर्छ भन्ने र यसलाई लागू गराउनका लागि प्रदेश कमिटी र जिल्ला कमिटीलाई पत्राचार गर्ने निर्णय पनि गरियो।’

प्रशिक्षण कार्यक्रममा केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रीय अनुशासन आयोगलाई सबै केन्द्रीय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धि विषयवस्तु हुने पनि आयोगले जनाएको छ। त्यसैगरी बैठकले उमानाथ ओली, प्रदिप प्याकुरेल, लालमणि चौधरी, दिपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय पनि गरेको छ।
 

जेठ ३१, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.