राजनीति


पर्यटनमन्त्रीको आक्रोश : निजगढ विमानस्थल रोकेर मधेसीलाई सधैँ रैती बनाउन खोजियो

पर्यटनमन्त्रीको आक्रोश : निजगढ विमानस्थल रोकेर मधेसीलाई सधैँ रैती बनाउन खोजियो

फाइल फोटो


नेपालखबर
जेठ २९ , काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको बताएका छन्। 

आइतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले न्यायपालिकालाई कार्यपालिकामाथि हस्तक्षेप गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे। 

मन्त्री आलेले विमानस्थल निर्माणमा र ३ खर्ब र फास्टट्रयाकका लागि २ खर्ब खर्च भइसकेको भन्दै न्यायपालिकाले मधेसलाई राजधानीसँग जोड्न नचाहने, मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप गरेको आरोप लगाए।

‘आज न्यायपालिकाले कार्यपालिकमाथि हमला गरेको अवस्था छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा २० औँ वर्ष लगाएर मास्टर प्लान तयार भइसकेको छ। ८ हजार ५० हेक्टर जग्गा विमानस्थलको नाममा आइसकेको छ। त्यसको डिपिआर हुने अवस्थामा छ। त्यसको इआइए भइसकेको छ तर न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरेको अवस्था छ', उनले भने, 'विमानस्थल कहाँ बनाउने भनेर निर्णय गर्ने नागरिक उड्डयन प्राधिकरणले हो। तर दुर्भाग्य यो अदालतले तोकिराखेको छ। कसले अधिकार दियो? राज्यको ३ अर्ब खर्च भएको छ। राजधानीलाई तराईमा जोड्ने फास्टट्रयाकमा २ खर्ब राज्यको लगानी भइसकेको छ। तर आज टेण्डर निकालने अवस्थामा आउँदा न्यायपालिकाले त्यो फैसला गर्दा दुःख लागेको छ।'

आलेले अदालतको पूर्ण पाठ आउँदा यो सच्चिने पनि विश्वास लिए। 'आज कतिपय मन्त्री साथीहरुले भन्ने गरेका छन्, निजगढ एयरपोर्ट बन्छ भनेको छन्, के, दाँत फुकालेर गर्ने? दाँत फुकालेर एयरपोर्ट बन्छ? बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ। २६ करोड रुपैयाँमा बन्छ?', उनले सोधे, 'हामीले २६ करोड बजेट पाएका छौँ। एयरपोर्ट बन्छ भन्नेहरुलाई भन्न चाहन्छु, यस्ता कुरा नगरौँ आजबाट। मधेसी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था देख्दैछु मैले। मधेसलाई राजधानीसँग जोड्न नचाहने? मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप भएको छ।’

मन्त्री आलेले मधेसी जनता सधैँ रैती हुनुपर्ने अवस्था सिर्जना भइरहेको पनि जिकिर गरेका छन्। 

जेठ २९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.