ad ad

राजनीति


निर्वाचन आयोगका मुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सांसद सुवालको माग

निर्वाचन आयोगका मुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सांसद सुवालको माग

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०७९ मंगलबार १३:४६, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिह्न मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्निप्रसाद सापकोटाको पनि गम्भीर ध्यानाकर्षण गराएका हुन्। 

यस खालको गतिविधिमा संलग्न निर्वाचन आयोगका पदाधिकारी र न्यायालयलाई प्रजातन्त्रको निम्ति पनि कारबाही गर्नुको विकल्प नभएको सांसद सुवालको तर्क थियो । 

उनले निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न मादल नदिएको भन्दै असन्तुष्टि पोखे। 

‘यसविरुद्ध निर्वाचन आयोग र न्यायालयमा हाम्रो उम्मेदवारले उजुरी दिनुभयो। तर, पनि दिइएन। यसकारण निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयले प्रजातन्त्र खोस्ने काम ग¥यो। आवश्यक कारबाही हुनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारलाई निर्देशन हुनुपर्दछ भन्ने माग गर्न चाहन्छु’, उनले भने।  

प्रजातन्त्रको निम्ति यो आवश्यक रहेको तर्क गर्दै उनले राजनीति शास्त्रको पुस्तकमा निर्वाचनमा जित्न पैसा र सामान बाँडने र निर्वाचन आयोगले पार्टीको चनाव चिह्न नदिनेलाई प्रजातन्त्र भनी परिभाषित गर्नुपर्ने दिन आएको हो भनी प्रश्न गरे। 

‘शब्दकोषमा पनि संयुक्त सरकारको अर्थ भागबण्डा, राजनीति भनेको घुस, पक्षपात भनि फेर्नुपर्ने भयो कि?’, उनले भने। 

सांसद सुवालले निर्वाचन जित्न पैसा र सामान बाड्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .