ad ad

राजनीति


देउवा क्याबिनेटमा दुई गैरसांसद, दुवै माधव नेपालको पार्टीका

देउवा क्याबिनेटमा दुई गैरसांसद, दुवै माधव नेपालको पार्टीका

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०७९ आइतबार १९:१७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीपरिषद्मा दुईजना गैरसांसद भएका छन्। ती दुवै गैरसांसद नेकपा एकीकृत समाजवादी पार्टीका छन्।

एक महिना अगाडि गैरसांसद रहेका कानुनविद् गोविन्द बन्दीलाई कानुन मन्त्री बनाएका देउवाले आइतबार फेरि समाजवादीकै अर्का शेरबहादुर कुँवरलाई पनि मन्त्री बनाएका छन्।

कुँवर पनि सांसद छैनन्। पार्टी अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा र कृष्ण श्रेष्ठलाई फिर्ता बोलाई उनीहरुको स्थानमा नयाँ क्रमशः मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानीप्रसाद खापुङ र कुँवरलाई पठाएका छन्। उनीहरुको नाम प्रधानमन्त्री देउवा समक्ष पेश गरिसकेका छन्।

नेपालको संविधानले सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ।

प्रधानमन्त्री देउवाले ६ महिनापछि मंसिरमा प्रदेश र संघीय निर्वाचन गर्नेगरी गैरसांसदलाई मन्त्री बनाएको समाजवादीका नेताहरु बताउँछन्।  

को हुन् कुँवर?
एकीकृत समाजवादीको केन्द्रीय नेता कुँवरको घर अछाम हो।

उनी यसअघि राष्ट्रियसभा सदस्य थिए । गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेर उनी सांसदबाट हटेका थिए।

मन्त्री बन्दा उनले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाउनेछन्।

देउवा क्याबिनेटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीबाट पनि मन्त्री बनेका छन् तर ती सबै सांसद छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .