NepalKhabar NepalKhabar

राजनीति


ओलीलाई भेटेका बालेन्द्रले अन्य शीर्ष नेतासँग पनि भेट गर्ने

ओलीलाई भेटेका बालेन्द्रले अन्य शीर्ष नेतासँग पनि भेट गर्ने

नेपालखबर
जेठ १७ , काठमाडौँ

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले मेयरमा निर्वाचित भएसँगै भेटघाट तीब्र बनाएका छन्।

सोमबार पद तथा गोपनीयताको सपथ खाएसँगै मेयर शाहले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए।

उनले मंगलबार दिउँसो नबिल बैंकका सीईओ अनिल शाहसँग पनि भेट गरेका थिए। आजैमात्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गत १२ वैशाखमा भएको भेट सार्वजनिक भएको छ। 

अध्यक्ष ओलीसँगको बालेनको यो भेटलाई अर्थपूर्ण रुपमा ब्याख्या गर्न थालिएको छ। एमालेवृत्तमा ओलीसँगको भेटलाई लिएर राजनीतिक ‘अर्थपूर्ण’ रुपमा चर्चा सुरु भएको हो। एमाले नेतृ तथा सांसद शान्ता चौधरीले ‘अर्थपूर्ण’ भेट भएको बताएकी छन्। 

निर्वाचन आयोगबाट लौरो चुनाव चिह्न पाएका शाह स्वतन्त्रबाट निर्वाचित भएका हुन्। उनले एमालेका उम्मेदवार केशव स्थापितलाई पराजित गरेका थिए। मेयर शाह र ओलीबीचको भेट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी सुरु भएका छन्। 

अन्य नेतासँग पनि भेट हुने
मतगणनाको अन्तिम परिणाम आउनुअघि नै ओलीलाई भेट्न पुगेका शाह अन्य शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने तयारीमा छन्। मेयर शाहको चुनावी टिमका सदस्य कुमार बेनका अनुसार अन्य नेताहरुसँग पनि भेटघाटका लागि कुराकानी भइरहेको छ। 

महानगर बनाउन एक्लैको प्रयास सम्भव नहुने भएकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने तयारी मेयर शाहको रहेको उनले बताए। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरुसँग पनि भेटघाटका लागि छलफल भइरहेको बेनले नेपालखबरलाई बताए। 

‘काठमाडौं बनाउनका लागि सबैसँग सहकार्य गर्न जरुरी छ,’ उनले भने, ‘ओलीसँग मात्र नभई अन्य नेतासँग पनि भेटघाटको तयारी भइरहेको छ।’ 

मेयरको सपथ खाएपछि उनले पहिलोपटक प्रधानसेनापतिसँग भेट गरेका थिए। 

‘सबैसँग सहकार्य नै हो। हामीले हिजो आर्मी चिफसँग पनि भेट्यौं,’ बेन भन्छन्, ‘काठमाडौं बनाउनका लागि एक्लो तयारीले हुँदैन।’

जेठ १७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.