ad ad

राजनीति


‘मंगलग्रहमा माछा पाल्ने र चन्द्रमामा च्याउखेती गर्ने कार्यक्रम नराख्दा एमालेले विरोध गर्‍यो’

‘मंगलग्रहमा माछा पाल्ने र चन्द्रमामा च्याउखेती गर्ने कार्यक्रम नराख्दा एमालेले विरोध गर्‍यो’

नेपालखबर
जेठ १४, २०७९ शनिबार १७:८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सांसद् मीनबहादुर विश्वकर्माले सरकारको वार्षिक नीति तथा कार्यक्रममा असम्भव कुराहरु नगरेका कारण प्रमुख प्रतिपक्षी नेकपा एमालेले गुनासो गरेको टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन्। 

मंगल ग्रहमा माछा पाल्ने, चन्द्रमामा च्याउखेती गर्ने र कञ्चनजंघादेखि सगरमाथासम्म केवलकार सञ्चालन गर्ने कार्यक्रम वार्षिक नीति तथा कार्यक्रममा नसेटिएपछि एमालेले ठूलो गुनासो गरेको विश्वकर्माको भनाइ थियो। 

‘मंगल ग्रहमा माछा पाल्ने र चन्द्रमामा च्याउखेती गर्ने, कञ्चनजंघादेखि सगरमाथासम्म केवलकार बनाउने जस्ता पनि आउँथ्यो होला,’ सांसद विश्वकर्माले भने, ‘प्रतिपक्षीको ठूलो गुनासो छ। सरकारले यो सम्बोधन गर्न सक्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .