ad ad

राजनीति


बर्दियामा राष्ट्रियस्तरको सिकलसेल एनिमिया रोग उपचार केन्द्र स्थापना गर्न आग्रह

बर्दियामा राष्ट्रियस्तरको सिकलसेल एनिमिया रोग उपचार केन्द्र स्थापना गर्न आग्रह

नेपालखबर
जेठ १४, २०७९ शनिबार १६:५९, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दियामा सिकलसेल एनिमिया रोगको उपचारका लागि राष्ट्रियस्तरको केन्द्र स्थापना गर्न सरकारसँग आग्रह गरेका छन्। 

प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले बर्दियामा सिकलसेल एनिमिया रोगको उपचार केन्द्र स्थापना गर्न सरकारसँग माग गरेका हुन्। 

बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सिकलसेल एनिमियाले थारु समुदायलाई धेरै दुःख दिएको सांसद गौतमले संसदलाई स्मरण गराए। 

‘यसको कुनै पनि राष्ट्रियस्तरको उपचार केन्द्र छैन। बर्दियामा अधिकांश थारुको बाहुल्यता छ,’ उनले भने, ‘सिकलसेल एमिनिया उपचारका लागि राष्ट्रियस्तरको केन्द्र स्थापना गरिदिनुस्। कमसेकम यो समुदायले राहत पाओस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .