ad ad

राजनीति


गठबन्धनको मोहले गगन थापाको मानवता हराउन लागेको भान भयो : शान्ता चौधरी

गठबन्धनको मोहले गगन थापाको मानवता हराउन लागेको भान भयो : शान्ता चौधरी

नेपालखबर
जेठ १४, २०७९ शनिबार १४:३७, काठमाडौँ

नेकपा एमालेकी सांसद शान्ता चौधरीले कांग्रेस महामन्त्री गगनकुमार थापाको टिप्पणीमाथि खण्डन गरेकी छिन्। 

प्रतिनिधिसभाको बैठकमा थापाले बोलेको अभिव्यक्तिलाई लक्षित गर्दै चौधरीले ‘गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो’ भनेकी हुन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको संसद बैठकमा कुर्सीमा बसेर रोष्ट्रममा झण्डै ३ घन्टा सम्बोधन गरेका थिए। स्वास्थ्यवस्था प्रतिकुल भएको भन्दै उनले कुर्सीमा बसेर सम्बोधन गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटासँग अनुमति पनि लिएका थिए।

त्यसप्रति कटाक्ष गर्दै शुक्रबारको बैठकमा थापाले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै रन्थनिएको बेलामा जसरी बोलेपनि हुने बताएका थिए। 

थापालाई जवाफ दिँदै चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छिन्, ‘माननीय गगनजी तपाईंलाई म सम्मान गर्छु, तपाई प्रती नेपाली जनताले ठूलो आसा र भरोसा राखेको छ, तर  तपाइँ आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरा लाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढङ्गले बोल्दा तपाइमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .