ad ad

राजनीति


जनताको जनादेशलाई माफियाको हातमा सुम्पिने अवस्था पैदा भयो : गोकर्ण विष्ट

जनताको जनादेशलाई माफियाको हातमा सुम्पिने अवस्था पैदा भयो : गोकर्ण विष्ट

नेपालखबर
जेठ १४, २०७९ शनिबार १४:१४, काठमाडौँ

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सांसद गोकर्ण विष्टले निर्वाचन प्रणालीमा पुनरवलोकन गर्नुपर्ने अवस्था त छैन? भन्दै प्रश्न गरेका छन्। 

प्रतिनिधिसभा बैठकमा जारी नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। 

स्थानीय तह निर्वाचनमा देखा परेको खर्च प्रवृत्तिले जनताको जनादेशलाई माफियाको हातमा पु¥याउने अवस्था भएको बताए। 

‘स्थानीय तहको निवार्चनमा जुन प्रकारले खर्च प्रवृत्ति देखा परेको छ, एक प्रकारले भन्ने हो भने वडामा निर्वाचन लड्नका लागि उम्मेदवारहरुले जुन लाखौं, करोडौं खर्च गर्नपर्ने देखा परेको छ,’ उनले अघि भने, ‘यसले घुमाइफिराई लोकतन्त्र, लोकतान्त्रिक अभ्यास र जनताको जनादेशलाई माफियाको हातमा, दलालको हातमा सुम्पने अवस्था पैदा भएको छ। यसप्रति हाम्रो ध्यान जानु आवश्यक छ।’

सम्पूर्ण हिसाबले समानुपातिक निर्वाचनतिर जाने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छान्न आवश्यक्ताको खोजी भएको उनले बताए।

‘निर्वाचन प्राणालीमा पुनरवलोकन गर्नपर्ने अवस्था त छैन? यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘कतै हामीले सम्पूर्ण हिसाबले पूर्ण समानुपातिक निर्वाचनतिर जाने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छान्ने हिसाबले निर्वाचन प्रणालीलाई बदल्नपर्ने आवश्यक्ता त छैन? हामीलाई निर्वाचनले घण्टी बजाएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .