ad ad

राजनीति


गेटा मेडिकल कलेज चाँडै सञ्चालन हुन्छ, भ्रम नछरौँ : आरजु

गेटा मेडिकल कलेज चाँडै सञ्चालन हुन्छ, भ्रम नछरौँ : आरजु

नेपालखबर
जेठ १४, २०७९ शनिबार ७:०, काठमाडौँ

प्रधानमन्त्री पत्नी आरजु राणाले कैलालीमा रहेको गेटा मेडिकल कलेज चाँडै संचालन हुने बताएकी छिन्।

सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजबारे कुनै सम्बोधन नभएपछि त्यहाँका स्थानीयहरु आक्रोशित भएका थिए। 

अत्तरियामा बुधबार नै विरोध र्‍याली निस्किसकेको छ। धनगढीमा संघर्ष समिति बनेको छ।

नीति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने उल्लेख हुँदा गेटाको बारे केही उल्लेख नभएको भन्दै विरोध सुरु भएको हो। 

त्यसबारे सम्बोधन गर्दै प्रधानमन्त्री पत्नी राणाले भ्रम नछर्न आग्रह गरेकी छिन्। उनका अनुसार आगामी बजेटमा गेटा मेडिकल संचालनका लागि बजेट छुट्याइनेछ।

​ ‘गेटामा रहेको क्याम्पससम्बन्धी विभिन्न टिकाटिप्पणी भइरहेको र आन्दोलन समेत भइरहेको सुन्दा मलाई अचम्म लागिरहेको छ। मैले चुनावको दौरानमा पनि अवगत गराएको थिएँ,’ उनले भनेकी छिन्, ‘त्यहाँका डाक्टरसाबहरुलाई पनि अवगत नै छ। आजभन्दा अगाडि चैत ४ गते नै त्यहाँ ३ सय शय्याको अस्पताल खोल्ने निर्णय बाहिर आइसकेको छ। यो बाबजुद पनि एकैचोटी मेडिकल कलेज किन नखोल्ने भन्ने बाहिर ल्याइएको छ।’

कानुन अनुसार ३ वर्ष मेडिकल कलेज सञ्चालन भएपछि मात्र क्याम्पस बनाउन मिल्ने उनले बताइन्।

‘यस्तो भन्ने साथीहरुले बुझ्नुपर्ने के छ भने नेपाल सरकारको कानुन अनुसार ३ वर्ष मेडिकल कलेज चलाइसकेपछि मात्रै कुनैपनि ठाउँमा क्याम्पस बनाउन सकिन्छ। त्यो नियमअनुसार गेटामा अस्पताल चाँडै सञ्चालन हुन गइरहेको छ’ उनले भनिन्, ‘निर्वाचनको कारणले अलिकति ढिलाई भएको हो। एक दुई हप्तामा नै समितिहरु बन्छ, संचालनका लागि बजेट पनि यही बजेटबाट नै आउँछ। भ्रम सिर्जना नगर्न म अनुरोध गर्न चाहन्छु।’

गेटा मेडिकल कलेज : संरचना बनेको वर्षदिन भइसक्यो, सञ्चालनको छैन टुंगो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .