राजनीति


नेपालका डाँडा आफैं टावर हुन्, ठूला टावर बनाउनुपर्दैन : माधव नेपाल

नेपालका डाँडा आफैं टावर हुन्, ठूला टावर बनाउनुपर्दैन : माधव नेपाल

नेपालखबर
जेठ १३ , काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालका अग्ला डाँडामा कृत्रिम टावर नचाहिने बताएका छन्। 

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा सहभागी हुँदै नेपालले यस्तो बताएका हुन्। 

'नेपालमा ठूला ठूला टावर चाहिँदैन आफैं टावर हुन्। यहाँ गेटहरु बनाउन जरुरी छैन', उनले भने, 'नेताहरुपिच्छे जिल्ला जिल्लामा एयरपोर्ट बनाउनु आवश्यक छैन। खोलाको दुई दुई किलोमिटरमा पुल पनि चाहिँदैन।'

उनले काठमाडौंमा बालेन साह र धरानमा हर्कराज साम्पाङको सफलताको कुरा जनताको समस्यालाई हेर्ने र बुझ्ने कुराले सम्भव भएको पनि बताए। 

नेपालले अहिलेकै गतिमा देशले प्रगति नगर्ने पनि बताए। 'यही प्रणालीमा चलिरहने हो भने देशले प्रगति गर्न सक्दैन', उनले भने, 'हामी परिवर्तन हुनैपर्छ।'

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले परराष्ट्र नीतिमा कुनै समस्या आउन नहुने बताए। 'हामीले कुनै शक्तिसँग झुक्नु जरुरी छैन', उनले भने, 'कुनै शक्तिसँग नेपालले निरीह भइरहनुपर्दैन।'

जेठ १३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.