ad ad

राजनीति


बागमती प्रदेशको बजेट अधिवेशन आजबाट

बागमती प्रदेशको बजेट अधिवेशन आजबाट

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०७९ शुक्रबार ९:०, काठमाडौँ

बागमती प्रदेशको बजेट अधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ।

प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक शुक्रबार बिहान ११ बजे बस्ने प्रदेससभा सचिवालयले जनाएको छ।

बैठकमा प्रमुख प्रतिपक्षसहित विभिन्न दलका नेताले शुभकामना मन्तव्य दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

यही जेठ १६ गते प्रदेशसभामा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पेस गर्ने सहमती भएको छ।  

बिहिबार हेटौँडामा बसेको प्रदेससभा कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले जेठ १६ गते नीति तथा कार्यक्रम पेस गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .