ad ad

राजनीति


बालेनलाई बधाई दिँदै विश्वप्रकाशले भने– लोकतन्त्रमा जनता जनार्दनको फैसला सर, आँखो पर!

बालेनलाई बधाई दिँदै विश्वप्रकाशले भने– लोकतन्त्रमा जनता जनार्दनको फैसला सर, आँखो पर!

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार ७:२०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको जितले सकारात्मक ढंगले जबर्जस्त दबाब दिएको बताएका छन्। 

काठमाडौं महानगरको मेयरमा लौरो चुनाव चिन्ह पाएका शाह निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत शर्माले यस्तो बताएका हुन्।

उनले ‘काठमाडौंका सचेत मतदाताले दिएको सन्देश गहन रुपले आत्मसात गर्न आग्रह गरेका छन्। एक नोट जारी गर्दै शर्माले भनेका छन्, ‘लोकतन्त्रमा जनता जनार्दनको फैसला सर, आँखो पर!’ 

काठमाडौंमा कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई पराजित गर्दै साह  २३ हजार ४२६ मतान्तरले विजयी भएका छन्। बालेनलाई बधाई दिँदै शर्माले भनेका छन्, ‘बालेनलाई दिउँ बधाई, बदलौं आफूलाई!’

शर्माले मतदाताले वैकल्पिक राजनीतिको नारा र दल नरोजेको उल्लेख गरेका छन्। ‘मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले यद्यपी वैकल्पिक राजनीतिको नारा दल रोजेनन्। अवस्था प्रति रुष्ट मतदाताले व्यवस्था कै विकल्प खोज्न चाहनेलाई खोजेनन्,’ उनले भनेका छन्, ‘नत्र वैकल्पिक राजनीतिको नारा सहितको दल र उम्मेदवारको उपस्थिति मैदानमा थियो अनि व्यवस्थाकै विकल्पको नारा सहितको दल र उम्मेदवार पनि मैलानमा थिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .