काठमाडौं महानगरपालिकाको मेयरमा विजयी बालेन शाहका समर्थकहरुले काठमाडौंमा विजय जुलुस निकालेका छन्।
बिहीबार राष्ट्रिय सभागृह अगाडि समर्थकहरुले विजय जुलुस निकालेका हुन्।
काठमाडौंको मतगणना अन्तिम चरणमा पुगेको छ।
बिहीबार साँझ ७०० मत गन्न बाँकी रहँदा उनले ६१ हजार ३९० मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार १८७ र नेकपा (एमाले) का केशव स्थापितले ३७ हजार ९४४ मत ल्याएका छन्।
यस्तै, उपमेयरमा विजयी एमालेकी सुनिता डंगोलले ६८ हजार २९० मत ल्याउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ६६१ मत ल्याएका छन्।
परिणामको अन्तिम घोषणा भने शुक्रबार हुने छ।
450
Shares
प्रतिक्रिया