ad ad

राजनीति


एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०७९ बिहिबार १०:२३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। आज ११ बजेका लागि बोलाइएको संसद बैठकमा ओलीले सम्बोधन गर्ने एमाले सचेतक विशाल भट्टराइले जानकारी दिए।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने उनले बताए। एमालेले ९ महिनाअघिदेखि गरेको संसद अवरोध बिना शर्त खुला गरेको छ। 

यसअघि एमालेले संसदमा नाराबाजी गर्दै आएको थियो। स्थानिय निर्वाचनपछि बसेको बैठकमा एमालेले बिना शर्त खुलाएको थियो।

संसदमा नीति तथा कार्यक्रमबारे छलफल अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव पेश गर्नेछन्।

त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुने संसद सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .