ad ad

राजनीति


पृथ्वीसुब्बाको आरोप : पोखरा जित्न सत्तागठबन्धनले पैसाको खोलो बगायो

पृथ्वीसुब्बाको आरोप : पोखरा जित्न सत्तागठबन्धनले पैसाको खोलो बगायो

फाइल फोटो


नेपालखबर
जेठ ११, २०७९ बुधबार १२:५५, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिकामा जित्न कांग्रेस नेतृत्वको पाँच दलीय सत्तागठबन्धनले पैसाको खोलो बगाएको आरोप लगाएका छन्। 

पोखराको उपमेयरमा एमालेबाट विजयी मञ्जु गुरुङसहितका जनप्रतिनिधिलाई बधाई दिन बुधबार आयोजित सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'पोखराको मेयर गुमाउँदा हामीलाई ठूलो पीडा भएको छ। तर हामीले उपमेयर जितेका छौँ', उनले भने, 'एकीकृत समाजवादीलाई निषेध गरेर अस्तित्व संकटमा पारेका थियौँ। तर पोखरामा उनीहरुले शीर उठाउन पाए।'

गुरुङले पोखराको मेयर हार्दा हार्दै पनि पार्टीको शान जोगाउन सकेको दाबी गरे। 'पराजित भएका छौँ, पीडित छौँ तर हारमा आत्तिने काम गर्न सक्दैनौँ', उनले भने, '३३ वडामध्ये ३० जित्न सक्छौँ भन्ने थियो। तर त्यसो भएन।'

उनले सत्तागठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यलाई जिताउन शक्तिको दुरुपयोग गरिएको पनि आरोप लगाएका छन्। 

'सत्तागठबन्धनले व्यापक राज्यसत्ताको दुरुपयोग गर्यो। पोखरामै पैसाको अत्यधिक खोलो बगाएर निर्वाचन परिणाम उल्ट्याउने काम गर्यो', उनले भने, 'तर राज्यशक्तिको दुरुपयोगका बावजदु उपमेयरमा मञ्जुले जित्नुभयो, नगरसभा र कार्यपालिकामा पनि बहुमत पाएका छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .