ad ad

राजनीति


अमेरिकी उपविदेशमन्त्री भेटवार्तामा व्यस्त, आजै स्वदेश फर्किने

अमेरिकी उपविदेशमन्त्री भेटवार्तामा व्यस्त, आजै स्वदेश फर्किने

नेपालखबर
जेठ ८, २०७९ आइतबार १०:५१, काठमाडौँ

नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेकी छिन्। 

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा नेपाल-अमेरिका सम्बन्ध र द्विपक्षिय हितका बिषयमा विचार आदान प्रदान भएको प्रधानमन्त्री देउवाले ट्विटमा जनाएका छन्। जिया शुक्रबार नेपाल आएकी हुन्। 

उनले आइतवारै परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम छ। उपविदेशमन्त्री जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन्। 

जिया अमेरिकी रास्ट्रपति जो बाइडेनकी तिब्बत मामिला हेर्ने विशेष संयोजक पनि हुन्। भारत भ्रमण सकेर उनी नेपाल आएकी हुन्।

जियाले धर्मशालास्थित निवासमा पुगेर निर्वासित तिब्बती धर्म गुरु दलाई लामासँग भेट गरेकी थिइन्।

उनले शनिबार अपरान्ह काठमाडौंस्थित तिब्बती शरणार्थीहरुसँग अन्तरक्रिया गरेकी थिइन्। 

त्यसैगरी उनले बौद्ध पुगेर बौद्ध गुम्बाको अवलोकन तथा तिब्बती शरणार्थीसँग अन्तक्रिया गरिन्। भ्रमण सकेर उनी आजै अमेरिका फर्किने कार्यक्रम छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .