ad ad

राजनीति


धनगढीको मेयरमा हमाल र उपमेयरमा राना विजयी, गठबन्धनका दुवै उम्मेदवार हारे

धनगढीको मेयरमा हमाल र उपमेयरमा राना विजयी, गठबन्धनका दुवै उम्मेदवार हारे

नेपालखबर
जेठ ८, २०७९ आइतबार ९:२३, काठमाडौँ

धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्। 

सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनले २६ हजार ८६५ मत ल्याएर जित हासिल गरेका हुन्। 

गठबन्धनका तर्फबाट कांग्रेसबाट मेयरका उम्मेदवार नृपबहादुर ओडले १४ हजार ८१७ मत प्राप्त गरे। यस्तै एमालेका रणबहादुर चन्द ९ हजार ११५ मतसहित तेस्रो स्थानमा रहे। 

उपमेयरमा एमालेकी कन्दकला राना १५ हजार ४७९ मतान्तरले विजयी भइन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारी १२ हजार ६७० मतसहित दोस्रो स्थानमा रहिन्।

स्वतन्त्र उपमेयरका उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .