ad ad

राजनीति


आज धेरै बोल्दिनँ, भोलिबाट काम गरेर देखाउँछु : उपमेयर कार्की

आज धेरै बोल्दिनँ, भोलिबाट काम गरेर देखाउँछु : उपमेयर कार्की

नेपालखबर
जेठ ७, २०७९ शनिबार १३:४०, विराटनगर

विराटनगर महानगरपालिकाका नवनिर्वाचित उपमेयर शिल्पा कार्कीले भोलिबाटै काम गरेर देखाउने बताएकी छन्। 

उनले महानगरमा गएर महिलाहरुको अर्थपूर्ण सहभगिता गराउने पनि वचन दिइन्। 

उनले महिलाको आर्थिक सशक्तिकरणमा ध्यान दिने पनि बताएकी छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै कार्कीले आजबाट एमालेको मात्रै नभएर महानगरवासीको प्रतिनिधि भएको बताइन्।

उनले ५ वर्षे कर्याकालमा सबैको प्रतिनिधि भएर काम गर्ने बताइन्। 

उनले भनिन् ,'म हिजो एमालेको प्रतिनिधि भएर चुनाव लडेँ। आजबाट महनगरको प्रतिनिधि भएर काम गर्ने छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .