सुन्दरी प्रतियोगितामा भाग लिने क्रममा एक किशोरीलाई यौन हिंसा भएको घटना यतिबेला चर्चामा छ।
उनीबारेको भिडिओ सार्वजनिक भएपछि घटना अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले ५ सदस्यीय समिति गठन गरेको छ।
यो पनि : यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न समिति गठन
घटनाका विषयमा अहिले विभिन्न क्षेत्रका व्यक्तिबाट विभिन्न प्रतिक्रिया तथा आक्रोश व्यक्त भइरहेका छन्।
यसै क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि आफ्नो धारणा राखेका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष उनले बलात्कार जस्तो जघन्य अपराधको मुद्दामा हदम्यादले छेक्यो भन्नु हास्यास्पद र गैरजिम्मेवार कुरा भएको बताएका हुन्।
‘मान्छेको निम्ति कानुन कि कानुनको निम्ति मान्छे’, डा. भट्टराईले भनेका छन्, ‘गोरु अगाडि कि गाडा अगाडि? मुख्य समस्या हाम्रो समाजको पितृसत्तात्मक सोंच र वर्चस्वशाली समूहको राज्यमा एकाधिकार हो। बलात्कारीलाई तु. कारबाही गर।’
यी पनि :
बलात्कृत किशोरीको बयान : ढिलो बोलेँ, विश्वास छ मलाई माया गर्नुहुनेछ
बालुवाटारमा धर्ना : बलात्कारको मुद्दामा हदम्याद हटाऊ (फोटो/भिडिओ)
Shares
प्रतिक्रिया